arrow

कवि खनालको ‘अनन्त यात्रा’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
saru-bhakta.jpg

पोखरा । कवि प्रदीप खनालको पहिलो कविता संग्रह ‘अनन्त यात्रा’ लोकार्पण भएकाे छ । पोखराको जेठो साहित्यिक संस्था पोखरेली सांस्कृतिक परिवारद्वारा आयाेजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले उक्त कृतिको लोकार्पण गरे ।

कार्यक्रममा उनले भने, ‘सो अवसरमा उनले जीवन भनेकै अनन्त यात्रा हो, हामी कुन अनन्तबाट आयौँ र कहाँ जान्छौं ? हामी समयको यौटा चरणमा यहाँ छौँ र पछिको यात्रा कस्तो हुन्छ भन्ने कुरा यहाँबाट जानेले बताएका छैनन्, हामी यौटा विशाल भवचक्रका बीचमा छौँ ।’

उनले भने, ‘यहाँ कति ज्ञात अनन्तता छन् भनें कति अज्ञात अनन्तता छन्, मलाई यो विशालता, यो शूक्ष्मता किन छ भन्ने लाग्छ, कुनै एक अज्ञात शक्तिले कवितात्मक लयमा यो संसारको सिर्जना गरेजस्तो लाग्छ ।’

उनले थपे, यो सृष्टिको कर्मदेखि नै कविताको कर्म भए झैं लाग्छ, मानिसले पनि विभिन्न क्षेत्रमा राम्रा काम गरेर कविताकै सिर्जना गरिरहेका हुन्छन् र आशलाग्दो काव्य प्रतिभा प्रदीप खनालले अनन्त यात्रा काव्य संग्रह प्रकाशित गरेर आफूलाई असल कर्ममा समाहित गरेका छन् ।’

प्रमिला आचार्य शर्माले कृतिको समीक्षा गरेको कार्यक्रममा प्रतिभा माविका प्राचार्य किरण सापकोटा र नारायण पौडेलले पनि बोलेका थिए ।

कार्यक्रममा मणिप्रसाद डुम्रे, वीपी लम्साल र केशु शर्माले कविता वाचन गरेका थिए भने परिवारका पूर्वअध्यक्ष एवं सल्लाहकार जीवनसागर भण्डारीले स्रष्ठा परिचय दिएका थिए ।

संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत र सञ्चालन सचिव एमडी काफ्लेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ