सामाजिक सञ्जाल विधेयकको कामै छैन, हुबहु फिर्ता लैजानुपर्छ - ज्ञानेन्द्र शाही [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
545
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट हुबहु फिर्ता गरिनुपर्ने बताएका छन् । उनले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताए ।
उनले सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिए । उनले सामाजिक सञ्जालमार्फत हुने अपराध न्यूनीकरणका लागि साइबर क्राइमजस्ता कानूनहरु विद्यमान रहेको उल्लेख गर्दै यो विधेयक पेस गर्नुको कुनै तुक नरहेको बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने बित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोरखापत्रको स्थापना त राणाकालम भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ? यदि त्यसो भयो भने संसद र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यकता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ । ओली सरकारले गलत गरेको कुरा कसैले लाइक गर्यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुपर्यो नि ।’