काठमाडौँ । ललितपुर महानगरपालिका २१ खोकना र दक्षिणकाली नगरपालिका २ खोकनास्थित बागमती नदीमा मोटरेबल पक्की पुल नबन्दा स्थानीयहरूले दैनिक रूपमा आवतजावत गर्न सास्ती भोग्नु परेको छ ।
विसं १९६४ सालमा ललित लक्ष्मीद्वारा निर्माण गरिएको १ सय १६ वर्ष पुरानो झुलुङ्गे पुलबाटै मोटरसाइकल र सो क्षेत्रको स्थानीयहरू आवतजावत गर्नु पर्ने बाध्यता रहेको छ ।
६ वर्ष अगाडि पक्की पुल निर्माणका लागि काम भएता पनि व्यक्तिगत जग्गामा निर्माण गर्न लागिएकाले विवाद शुरु भएको थियो । त्यसयता सो क्षेत्रका स्थानीयहरू मोटरसाइकलसहित १ सय वर्ष पुरानो पुलबाटै वारपार गर्दै आएका छन् ।
पटक पटक मर्मतसम्भार गरिएको सो झुलुङे पुल पनि जीर्ण बन्दै गएको छ ।