arrow

कुमारी बैङ्क लिमिटेड र अप्टिक आइजबिच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
kumari-bank-discount-optic-eye-2081.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५%, आँखा जाँचको ओपिडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि सशुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ