arrow

नयाँ पाइला 

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ फागुन ३ शनिबार
beti-bajcharya-81-11-3.jpg

होसियार
स्मृति यहाँ छैन 
समय तिम्रो पछाडि
हामी गोलो लेबिलमा 
मन्थन गर्दैछौँ 
बुझाउँदैछ फरियाद मातृभूमिले
पोख्दैछ दुःखेसो उनको 
कति उदास छ उनको अनुहार
छ आँखा अन्नपूर्ण पनि 
काँपिरहेछ हात पाउ उृनका 
सोध्नुछ के ब्यथा भयो भनी
छ समाधान खोज्नु पनि
भन्दैछ तिमी भाँजो हाल्न नआउ
तिमी मन्थरा त होइन
होइन तिमी होलिका
तिमी त अहिल्याको प्रतिमूर्ति पनि होइन
दुर्बासा ऋषिको होइन
यो युग मस्तिष्क हौँ हामी 
आजका युगका पाइला नबढाउनु 
हाम्रा तन मन मस्तिष्कको नसा नसामा 
मातृभूमिलाई गन्तव्यतिर पाइला बढाइदिनु छ 
उनका वास्तविक चिकित्स कहाँ पुर्याउनु छ 
निरोगी बनुन् हाम्रा मातृभूमि
पाइला हामीले नै बढाउनु छ 
बढाउनु छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ