arrow

ट्रम्प तीन महिनापछि रुस जाने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
trump-putin2.jpg
तस्बिर – फाइल ।

मस्को । पछिल्लो तीन वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले व्यस्त रहेका छन् । सो क्रममा ट्रम्पले मे महिनामा रुसको भ्रमण गरी रुसमा हुने समारोहमा सहभागी हुन सक्ने खुलासा भएको छ । 

जानकारी अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प मे ८ र ९ मा रुसको भ्रमण गर्न सक्ने छन्, जुन भ्रमणको तयारी शुरू भएको छ । ट्रम्पले रुसको विजय दिवसको उत्सवमा भाग लिन सक्ने सम्भावना बढेर गएको छ, रुसको विजय दिवस मे ९ मा मनाइन्छ। 

यसअघि ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेका थिए भने सो फोन पछि उनले रुसको प्रतिद्वन्द्वी मुलुक युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि फोनमा कुराकानी गरेका थिए । 

त्यसबेलादेखि रुस–युक्रेन युद्धको पूर्णविरामको बारेमा अड्कलबाजी शुरु भएको छ । ट्रम्पले दुवै देश युद्ध रोक्न सहमत भएको जनाएका थिए ।

यसअघि पनि रुसी राष्ट्रपति पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजय दिवसमा सहभागी हुन आमन्त्रण गरेको र उनी त्यसमा सहभागी हुने विचार गरिरहेको खुलासा भएको थियो । क्रेमलिनले पनि ट्रम्पको सम्भावित भ्रमणको तयारी भइरहेको संकेत गरिसकेको छ ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले रुसका राष्ट्रपति र युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेर युद्ध अन्त्य गर्नेतर्फ ठूलो कदम चालेपछि पुटिन र ट्रम्पका बिचमा सम्बन्ध सुधार भइरहेको छ । उनले रुस–युक्रेन युद्धमा हजारौं मानिसको रगत बगोस् भन्ने पनि पुटिन चाहँदैनन्, अब यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश विश्वलाइ दिइसकेका छन् ।

सो क्रममा उनले विश्वयुद्दः२ मा अमेरिका–रुस गठबन्धनको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने संकेत गरिसकेका थिए । तर, सो अघि भने ट्रम्पले दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने बताएका थिए । ट्रम्पको भ्रमणपछि रुस–युक्रेन युद्ध अन्त्य हुने र दुई देशबीच सम्झौता हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 डोनाल्ड ट्रम्पको यो रुस भ्रमण पछि रुस र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने र एक दशकभन्दा बढी समय पछिको यो कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो रुस भ्रमण हुनेछ । ट्रम्पको भ्रमणले रुसलाई युक्रेनको मुद्दामा अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने अवसर दिनेछ ।

क्रेमलिनसँग नजिक रहेका द्रिमितिभले रूस र अमेरिका बिच आर्थिक साझेदारीका बारेमा सम्झौताको तयारी भइरहेको यसअघि नै बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ