मनाङ । मनाङमा भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे भ्राका आसपासमा केन्द्रविन्दु भएर गएको हो।
भूकम्प ३.८ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।
केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन् ।
यो २०७२ सालको गोरखा भूकम्पको पराकम्पन भएको जनाइएको छ । पछिल्लो समय भूकम्पका साना ठूला पराकम्पन आइरहेका छन् ।