कुमारी बैङ्क र सूर्य विनायक मिसन हस्पिटलबीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
554
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र सूर्य विनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, कुमारी बैङ्कका ग्राहकहरूलाई सूर्य विनायक मिसन हस्पिटलले प्रदान गर्ने प्रयोगशाला परीक्षण, एक्स-रे, युसीजी र ओपिडी टिकटमा २०% छुट र औषधिमा १०% छुट दिइने छ।
सूर्य विनायक मिसन हस्पिटल भक्तपुरको मिलन चोकमा अवस्थित छ र यसले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस सम्झौताले कुमारी बैङ्कका ग्राहकहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा छ।
कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। बैङ्कले देशभर फैलिएका ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत सेवा प्रदान गर्दै आएको छ। बैङ्कले भविष्यमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न सहकार्य जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यस सम्झौताले कुमारी बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य सेवामा अतिरिक्त लाभ प्रदान गर्नेछ भने सूर्य विनायक मिसन हस्पिटलले पनि आफ्नो सेवा विस्तार गर्ने अवसर प्राप्त गरेको छ।