arrow

उडिसामा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा प्रधानमन्त्री ओलीको चासो

समस्या समाधानका लागि कूटनीतिक पहल जारी राखिएको जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
kp-sharma-oli-pm-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

 उनले नेपाली विद्यार्थीलाई जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कूटनीतिक पहल जारी राखिएको जनाएका छन् ।

 ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तबरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

केआईआईटीको होस्टलमा आइतबार साँझ २० वर्षीया नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । मृतक छात्रा नेपालली बीटेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको शंका गरिएको छ ।

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो । 

सोमबार केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेशनमा लगेर छोडिएको छ । 

द इन्डियन एक्सप्रेसले अनलाइन संस्करणमा उल्लेख गरे अनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ