arrow

राष्ट्रसङ्घ विज्ञ सुडान भ्रमणमा, मानवअधिकार अवस्थाको अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
united-nations.jpg
तस्बिर – फाइल ।

जुम्बा । दक्षिण सुडानमा संयुक्त राष्ट्र मानव अधिकार आयोगका विज्ञहरूले मानव अधिकारको अवस्थाबारे छलफल गर्न सोमबार चार दिने भ्रमण सुरु गरेका छन् ।

नियोगको नेतृत्व गर्दै आएकी आयोगकी अध्यक्ष यास्मिन सौकाले विज्ञहरूले सरकारका सदस्य, मानवअधिकार उल्लङ्घनमा परेका व्यक्ति, नागरिक समाजका सदस्य, न्यायविद्, मानवीय तथा कूटनीतिक नियोगका प्रतिनिधि र राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटघाट गर्ने बताइन् । 

आयोगले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले आयोगको पछिल्लो निष्कर्ष र यसको स्वतन्त्र अनुसन्धानका सिफारिस सहित दक्षिण सुडानमा मानव अधिकारको अवस्थाबारे छलफल गर्ने योजना बनाएका छन् ।”

आयोगले दक्षिण सुडानको मानवअधिकार अवस्थाको बारेमा आफ्नो पछिल्लो निष्कर्ष अर्को हप्ता जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

दक्षिण सुडान मानवअधिकार आयोग संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा निर्देशित एक स्वतन्त्र निकाय हो । उक्त निकाय पहिलो पटक मार्च सन् २०१६ मा स्थापना भएको थियो ।

आयोगलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून अन्तर्गत अपराधहरूका लागि मानवअधिकार उल्लङ्घन र दुव्र्यवहारका तथ्य निर्धारण गरी प्रतिवेदन गर्ने जिम्मेवारी पनि दिइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ