arrow

ल्याइयो प्रकृतिको पार्थिव शरीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
prakriti-corpse-81-11-7.jpg

रुपन्देही । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव रुपन्देही ल्याइएको छ । 

शव परीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो ।

सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलाइ भएका कारण  शवलाई बुधबार साँझ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनको शव गत आइतबार होस्टेलमा मृत्यु भएको अवस्थामा फेला परेको थियो । त्यसबेलादेखि उक्त विश्वविद्यालय अशान्त छ । 

लम्सालले आफूलाई कलेजमा अध्ययनरत एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् । तर विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी–लेखेटी कुटपिट गरेका थिए।  

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ। 

छानबिनका लागि उच्चस्तरीय समिति बनिसकेको छ । नेपाली विद्यार्थी कुट्ने गार्डहरु पक्राउ परेका छन् भने प्रकृतिलाई मानसिक तनाव दिने आरोपी पक्राउ परिसकेका छन् । 

दुई देशबीच कूटनीतिक संवाद चलेसँगै नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्केर अध्ययन गर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ