arrow

तिम्रो झुटो प्रेम पनि मिठास लाग्छ

logo
कविता गौतम,
प्रकाशित २०८१ फागुन १० शनिबार
kabita-gautam-81-11-5.jpg

तिमी प्रश्न सोध्ने गर्छौ, म कत्तिको खास लाग्छ 
कसरी भनम म तिम्रो झुटो प्रेम पनि मिठास लाग्छ 

तिमी गएदेखि यो मनलाई सम्झाउन सकेकी छैन
घरिघरि तिमी फर्किन्छौ कि भन्ने आश लाग्छ 

तिम्रो तीखो बोली सुन्न मन पराएका यी कानलाई 
अरु कसैको मीठो बोली सुन्दा पनि बकवास लाग्छ 

भनन तिम्रा कुन नजरले मलाई घृणित बनाइएको हो
मैले त जुन नजरबाट हेरे पनि तिमी एकनाश लाग्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ