सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए ।
अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुनसकेकी थिइनन् । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए ।
‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उहाँले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् ।
त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् ।