arrow

आजदेखि कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफनो संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले फागुन १२ गतेबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ