arrow

प्रकृति मृत्यु प्रकरणः केआईआइटीका विद्यार्थीले त्रिविमा पढ्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
tribhuvan-univeristy-tu.jpg
फाइल तस्बिर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । 

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले जारी गरेको विज्ञप्तिमा भारतको केआईआईटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको उल्लेख छ  । 

“भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected][email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ । 

गत केही दिनअघि केआईआईटीको छात्रावासमा बुटवलकी प्रकृति लम्सालको रहस्यमय तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थी बीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ