arrow

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक रेक्टर स्केलको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । 

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।

क्षतिको विवरण भने आइसकेको छैन । निकै छोटो समय हल्लाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ