सिन्धुपाल्चोक भूकम्पपछि निरन्तर पराकम्पन, साढे चार घण्टामा २४ वटा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
906
Shares
काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहानै गएको भूकम्पपछि निरन्तर पराकम्पन आएको छ । बिाहन २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यसयता निरन्तर पराकम्पनहरु आएको भूकम्पविद् भरत कोइरालाले बताए । उनका अनुसार बिहान साढे ७ बजेसम्म साढे चार घण्टाको अवधिमा २४ वटा पराकम्पन आएका थिए ।
उनले पराकम्पन साना भएकाले वेबसाइटमा उल्लेख नगरिएको बताए । उनका अनुसार २.३ रेक्टर स्केलदेखि ३.८ रेक्टर स्केलसम्मका २४ पराकम्पन आएका हुन् ।
उनले साना साना पराकम्पन नियमित आउने भए पनि साढे ७ बजेपछि बिहान ९ः१५ बजेसम्म भने साना पराकम्पन एउटा पनि नआएको बताए ।