arrow

भूकम्पको असर

सिन्धुपाल्चोक भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन – जिप्रका [विज्ञप्तिसहित]

लुसारेमा सुख्खा पहिरो, कैदी भाग्दा हातको पातो सर्‍यो, इलाका प्रहरी कार्यालयको व्यारेकमा सामान्य क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
Bhotekoshi_Gaunpalika.png

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान २ः५१ बजे भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।

जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एक जना भाग्ने क्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । 

यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ । 

भूकम्पबाट भएको सम्भावित क्षातिको अवस्था अवलोकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ