arrow

गणेश रसिक र ध्रुव सापकोटालाई परशु–कल्पना स्रष्टा सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
ganesh-rashik-dhurba-sapkot.jpg

काठमाडौँ । नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’अर्पण गर्ने निर्णय गरेको छ । 

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो ।

 दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । 

नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा  विशिष्ट योगदान पुर्याएकोमा उनीहरुलाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष रोदनले जारी गरेको  विज्ञप्तिमा जनाइएको छ। 

उक्त सम्मान आगामी चैत ५ गते काठमाडौँमा एक कार्यक्रम गरी अर्पण गरिने भएको छ ।

परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । 

सोही समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि रोदनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ