कुमारी बैङ्क र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
531
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बालुवाटार, काठमाडौँ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, एमआरआई, एक्स-रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बीम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।