arrow

वन्यजन्तुको आक्रमणमा परी छ महिनामा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
chitwan-national-park1.jpg

चितवन ।वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । 

निकुञ्जले मृतकका परिवारलाई रु १० लाख र घाइतेको उपचारका लागि रु दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म रु ९४ लाख ६१  हजार नौ सय ३१  राहतस्वरुप प्रदान गरिएको उहाँले बताउनुभयो । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ