नेपालमा पुरुषलाई एचपीभी खोप कहिले ? यसो भन्छन् स्वास्थ्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
3.6k
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले महिलाको पाठेघरमा हुने क्यान्सरविरुद्ध एचपीभी भाइरसको खोप सुरक्षित भएको दाबी गरेका छन् ।
उनले राष्ट्रिय सभाको बैठकमा विश्वका १४० देशमा यो खोप दिइरहेकाले नेपालमा पनि सुरक्षित रहेको दाबी गरे ।
हालैमात्र १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको छ ।
पुरुषलाई यो क्यान्सर हुन सक्ने भएकाले विश्वका ७६ देशमा यो खोप दिइरहेको सन्दर्भमा स्वास्थ्य मन्त्री पौडेलले नेपालको ल्याकत कम भएकाले दाता खोजिरहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।