सरकारले कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप [भिडियो]
कति वर्ष भयो घरघरमा ग्यासको पुर्याउने भनेको ?
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
929
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद ढकालले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योग मन्त्री नै संलग्न हुँदा उपभोक्ताहरू समस्या परेको बताए । उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो । दश वर्ष जति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरू बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’
उनले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाए ।