arrow

शनिबार बिहानै भूकम्पका दुई झड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
earthquake-final-------.jpg

काठमाडौँ । आज बिहानै दुई ओटा भूकम्पका झड्का लागेका छन् । नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा भूकम्प गएको हो । 

बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको छ । त्यसपछि बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर बिहान ६२० बजे ४.१ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । 

यी दुवै झड्कालाई केन्द्रले नयाँ भूकम्प नै भनिरहेको छ । प्रायः २०७२ सालमा गएको ७.६ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्पन नियमित आउने गरे पनि केन्द्रले भने नयाँ भूकम्प नै भनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ