arrow

एउटा प्रश्न

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ फागुन २४ शनिबार
beti-bajracharya-81-11-21.jpg

जीवन्त सम्बन्धको वरदान
कृष्णसँग राधाको
नियतिले गरेन स्वीकार
धरती र आकाश
प्यासी रहे हर युगमै 
मनका तरङ्गहरुमै 
अनगिन्ती ज्वारभाटाहरू
कहिले सुमधुर 
कहिले कर्कश
सरगमका लय जस्तै
यही चलन
हिजोका युगमा थियो 
आजसम्म छ रहेको 
भोलि पनि 
यसको निरन्तरता
सायद किन ? 
के हुन सक्दैन परिवर्तन
सायद
छैन यसको समाधान ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ