-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपालले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनशिपमा कांस्य पदक जितेको छ ।
नेपालसँगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जित्यो ।
ईरान उपविजेता भयो । एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ ।