arrow

मञ्जुश्री ट्रेल रेस चैतमा, पाँच सयले दौडने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
manjushree-trail-race-81.jpg

काठमाडौँ । मञ्जुश्री ट्रेल रेस (एमटीआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ ।

आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् ।

पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ ।

१०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्रीस्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । 

एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । 

३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।

मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताए । 

यसैगरी रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सात जना धावकमात्र रहेको संस्करण गर्दे अहिले पाँच सयभन्दा बढीले सहभागिता जनाउन लागेकोमा आफूलाई धेरै खुशी लागेको बताए । 

यसैगरी धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल भएको बताइन् । उनले यसपटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने,नखेल्ने निर्णय गरिनसकेको जानकारी पनि दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ