सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न आवश्यक छैन - एमाले [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
750
Shares
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न आवश्यक नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी गतिविधि भएको भन्दै राष्ट्रिय गानको अवमूल्यन भएको बताए ।
उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्सावटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधि क्रियाकलापहरु भइरहेका छन् । यी सबै क्रियाकलापहरु गर्न पूर्वराजा शाहले उक्साइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थितिमा यी सबै कामहरु भइरहेका छन् । यति मात्र होइन र्यालीमा विदेशी नेताका तस्बिरसहित र्यालीहरु देख्यौं । यसले हाम्रो संविधान बमोजिम राष्ट्रहित कार्य हो । यी कार्यहरुलाई संविधानको दायरामा ल्याउन जरुरी छ ।’