arrow

अखिल क्रान्तिकारीका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता, निर्विरोध चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
akhil-krantikari-423x250-253x200.jpg

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ । 

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिए । 

सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ