arrow

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगन

बैठक १५ मिनेटपछि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
Parliament_building.png

काठमाडौँ ।प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगन भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरे । 

सांसद पाण्डेले भने, “सरकारले सदनलाई हेपिरहेको छ, संसद्मा सरकारको प्रतिनिधि कोही पनि हुनुहुन्न, हामी समिति र उपसमितिको बैठकमा जान्छौँ, प्रतिपक्षी दल उपस्थित हुन्छ, तर सरकारको प्रतिनिधि हुँदैनन, सरकारको उपस्थिति नभइकन आजको यो बैठकको गतिविधि अघि नबढाइयोस् ।”

त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ