arrow

मन्त्री आएपछि प्रतिनिधि सभाको बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा ११ ओटाविधेयक पेश गर्ने कार्यतालिका रहेको छ । तर आजको बैठक प्रारम्भ हुने बित्तिकै स्थगन भएको थियो । 

सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभा नियमावलीअनुसार मन्त्रीको उपस्थिति बिना बैठकको कामकारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गरेका थिए । 

सो अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरेका थिए । 

मन्त्री आएपछि भने बैठक चालु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ