arrow

होली बजार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
holi-market-81-(14).jpg

काठमाडौँ । रङ्गैरङ्गको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बिहीबार उपत्यकालगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा शुक्रबार मनाइने गरिएको छ। 

होलीको मुखमा राजधानीको असन क्षेत्रमा बुधबार किनमेल गर्नेको भीड लागेको थियो । असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रंग, टिशर्ट, कुर्ता, वाटर गन र पानीका गुब्बाराहरू किन्नेहरू देखिए ।

व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रंग छान्दै छन्, कोही मोलमोलाइ गर्दैछन् । सडकभरि चहलपहल छ, होलीको माहोल झल्किएको छ ।

होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४०० मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकरी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको छ । 

त्यस्तै रङ्गको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन् ।

holi-market-81 (1).jpg
holi-market-81 (2).jpg
holi-market-81 (3).jpg
holi-market-81 (4).jpg
holi-market-81 (5).jpg
holi-market-81 (6).jpg
holi-market-81 (7).jpg
holi-market-81 (8).jpg
holi-market-81 (9).jpg
holi-market-81 (10).jpg
holi-market-81 (11).jpg
holi-market-81 (12).jpg
holi-market-81 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ