देशकै पहिलो फ्लाइओभर सम्पन्न हुने बेला भत्काइयो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
1k
Shares
ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो फ्लाइओभर निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि प्रिकाष्ट प्यानल भत्काइएको हो ।
सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको हो ।