एनआईसी एशिया बैङ्कको अनलाइन लिलाम पोर्टल सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
442
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो बैङ्किङ सम्पत्ति, गैर-बैङ्किङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन लिलाम पोर्टल सञ्चालनमा ल्याएको छ। यस पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, गुगल म्याप लोकेसन लगायतको विवरण सजिलै पहुँच गर्न सकिनेछ।
सम्पत्ति विवरण: प्रत्येक सम्पत्तिको नक्सा, फोटो, स्थान र अन्य प्राविधिक जानकारी उपलब्ध।
सम्पर्क सुविधा: थप जानकारीको लागि पोर्टलमा नै उपलब्ध "म्यासेज बक्स" मार्फत नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना पठाउन सकिने।
बैङ्कले यस पोर्टललाई ग्राहकहरूलाई पारदर्शी र सुविधाजनक लिलाम प्रक्रिया उपलब्ध गराउन सुरु गरेको हो। यसले ग्राहकहरूले आफूले खरिद गर्न चाहेको सम्पत्तिको पूर्ण विवरण अनलाइनमै हेरेर निर्णय गर्न सक्नेछन्।
पोर्टलमा बैङ्किङ र गैर-बैङ्किङ सम्पत्तिहरूसहित धितो सम्पत्तिको लिलाम सूचना नियमित रूपमा अद्यावधिक गरिनेछ। इच्छुक खरिददारहरूले उक्त लिङ्कमा गएर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।
एनआईसी एशिया बैङ्कले यस पहलले ग्राहकहरूको समय र साधन बचत हुने र लिलाम प्रक्रियामा पारदर्शिता बढ्ने विश्वास व्यक्त गरेको छ।