arrow

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
madhav-pd-chamlagai-81-12-7.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा माधवप्रसाद चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालको संविधान र कांग्रेसको विधानमा अपाङ्गता भएका ब्यक्तिहरूको राजनीतिक अधिकार स्थापित गराउन निरन्तर खट्दै आएको बताउँदै चम्लागाईंले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताए ।

चम्लागाईंको समूहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बू र महामन्त्री पदमा गणेशबहादुर खत्रीको उम्मेदवारी घोषणा भएको छ ।

चम्लागाईंसहित वर्तमान अध्यक्ष प्रकाश पन्थले पनि उम्मेदवारी दिने तयारी गरेका भए पनि उनको समर्थन चम्लागाईंलाई रहने बताइएको छ । पन्थले सहमति भएका खण्डमा चम्लागाईमा सहमति गर्ने र सहमति नभएका खण्डमा आफूले पनि उम्मेदवारी दिने बताएका छन् । 

यद्यपि चम्लागाईंसँग भने आन्तरिक सहमति भएको दाबी गरिएको छ । चम्लागाईंले पनि आफूलाई पन्थको समर्थन रहने बताए । 

चम्लागाईं हाल संघको केन्द्रीय सदस्य छन् । अपाङ्गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका उनले देशको संविधान निर्माणका समयमा र नेपाली कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।

यस्तै अध्यक्ष पदमा विकाश थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनी आकांक्षी भए पनि अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेका छैनन् । 

संघका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने बताएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चैत ८ र ९ गते प्रथम केन्द्रीय महाधिवेशन नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा हुन गइरहेको छ। महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन् ।

महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन् ।
 

madhav-chamlagai-81-81-12-7 (1).jpeg
madhav-chamlagai-81-81-12-7 (2).jpeg
madhav-chamlagai-81-81-12-7 (1).jpg
madhav-chamlagai-81-81-12-7 (2).jpg
madhav-chamlagai-81-81-12-7 (3).jpg
madhav-chamlagai-81-81-12-7 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ