arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नेतृत्वमा चम्लागाईंसहित तीन जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
ndda-81-12-8y.jpg

काठमाडौँ । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । 

नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेतृत्वका लागि माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्काले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष प्रकाश पन्थले भने उम्मेदवारी दिएनन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको तालिका समयभित्र तीन जनाको उम्मेदवारी परेको हो । 

उम्मेदवारीको दोस्रो नामावली चैत ९ गते बिहान ७ बजे सार्वजनिक गरिने भएको छ । त्यस्तै मनोनयन फिर्ता लिनेका लागि एक घण्टाको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ९ गते शनिबार बिहान ८ः३० बजे हुनेछ । 

मतदान शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । देशभरबाट झण्डै एक हजार सदस्य महाधिवेशनमा सहभागी रहेका छन् । 

नेतृत्वका लागि सर्वसम्मतको प्रयास भए पनि त्यो सम्भव नभएपछि उम्मेदवारी दर्ता भएको हो । उनीहरुलाई पार्टीको ठूलै तप्का र तहले पछाडिबाट बल दिएसँगै आफूहरु पछाडि नहट्ने मनस्थितिमा देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ