arrow

साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
sangrila-plys.jpg

दाङ ।घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । 
 
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । 

उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए। आगलागीको कारण खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ