एनआईसी एसिया बैङ्कको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
421
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडको कमलादी शाखा आफ्नै नयाँ भवनमा स्थानान्तरण भएको छ। काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका–२८, कमलादी मा रहेको शाखा २०८१ साल फागुन १० गते, आइतबारदेखि करिब २०० मिटर पूर्वउत्तरीतर्फ रहेको आफ्नै भवनमा सरेको हो।
बैङ्कले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई जानकारी गराउँदै, अबदेखि सम्पूर्ण बैङ्किङ कारोबार नयाँ भवनबाटै सञ्चालन हुने जनाएको छ। नयाँ स्थानान्तरणसँगै ग्राहकहरूले अझ व्यवस्थित, सहज र उत्कृष्ट बैङ्किङ सेवा प्राप्त गर्ने विश्वास बैङ्कले व्यक्त गरेको छ।