arrow

महानगरभित्र स्क्रिनिङ्ग

स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक - मन्त्री पौडेल [भिडियो]

यो वर्षभित्र ५० लाख मानिसको स्क्रीनिङ्ग गर्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
pradeep-poudel-12-12.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताए। 

उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए÷नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरे । स्त्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सके मात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रूपमा सञ्चालन गरेको समेत बताए। उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एच.पी.भि खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्न सके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए। 

उनले भन, ‘यो स्क्रिनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमै पुर्‍याउन सक्यौँ भने मात्रै हामीले भनेजस्तो ५० लाख नागरिकको स्त्रिनिङ हुनसक्छ । हामीले फागुनको महिनालाई स्क्रिनिङको महिना भने घोषणा गर्‍यौँ । र यो अभियानमा एच.पी.भि. खोप एकदमै सफल भयो । ९४ प्रतिशतले एच.पी.भि लगाउनुभएको छ । त्यसकारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने भनेको स्थानीय तह नै । त्यसकारण हामीले स्थानीय तहमा स्क्रिनिङ्ग कार्यक्रम गर्‍यौँ भने यो कार्यक्रम सफल हुनसक्छ । अहिले काठमाडौं महानगरसँग प्रतिष्ठानको सहकार्य भएको छ । यो एउटा उदाहरणीय बन्नेछ अब हामी ललितपुरलाई पनि अनुरोध गर्नेछौँ । अब हामी नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई अनुरोध गर्नेछौँ । र यो वर्षभित्र ५० लाख मानिसको स्क्रीनिङ्ग गर्ने लक्ष्यलाई हामी सार्थक बनाउन तिर लाग्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ