गृहमन्त्रीले राजावादीको हिंसात्मक गतिविधिपछि दिए तीनकुने पुगेर सम्बन्धित निकायलाई आवश्यक निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
668
Shares
काठमाडौँ । राजावादी समूहको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको तीनकुने क्षेत्रको गृहमन्त्री रमेश लेखकले आज अनुगमन गरेका छन्।
शनिबार बिहान गृहमन्त्री लेखक र मन्त्रालयका कर्मचारीहरूले प्रदर्शनका क्रममा क्षति पुगेका क्षेत्रहरूको निरीक्षण गरेका हुन्।
शुक्रबारको प्रदर्शनमा आन्दोलनकारीहरूले तीनकुने, बानेश्वर, जडिबुटी र कोटेश्वर लगायतका क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र लुटपाट गरेका थिए।
सोही घटनाको अवस्था बुझ्न गृहमन्त्री लेखकले घटनास्थलको अनुगमन गरेका हुन्।
राजावादीहरूको प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। गृहमन्त्रीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।