यी शान्त अनि भद्र जस्तै देखिन्थे । नेपालमा गणतन्त्रका लागि यिनको योगदानलाई इन्कार गर्न सकिँदैन । राजाहरुमध्ये यिनले नै सबैभन्दा ठूलो काम गरिसकेका छन् । झण्डै २४० वर्षसम्म चलेको प्रणालीलाई बदर गर्न खुलेर नै सहयोगी भूमिकामै थिए र धेरै नेपालीको सहानुभूति यिनमा थियो।
तर यिनले असली रुप लुकाएर बसेका रहेछन् र चैत १५ गते शुक्रबार एकै दिनमा सबै खोलेर देखाउँछन् भन्ने धेरैलाई थाहा थिएन । जब यिनी हौसिएर नेपालको वित्त क्षेत्रलाई बदनाम गराउन अग्रसर एक उन्मत्त मुर्रालाई राजा फर्काउने टोली नेता बनाएर आन्दोलन गर्न हौसिएर सदा शान्त रहेको काठमाडौँको तीनकुने क्षेत्रमा छाडा रुपमा जरुवाहरुले जुन अमानवीय प्रस्तुति गरे त्यसलाई सामान्य घटनाको रुपमा लिनु हुँदैन । र, अब आइन्दा राजा भन्ने नचिनेका धेरै नेपालीलाई राजाले अश्लील अंग देखाएर खटाएको मुर्रा भाग्यो ।
हाल देखिने गरी देशमा भएको परिवर्तन भने हिजो जुत्ता चप्पल लगाउने हैसियत नभएका, पेटभरी खान नपाएका, बिरामी पर्दा उपचार गर्ने खर्च नभएकाहरुले दलको नाममा गरेका अस्वभाविक, अपाच्य, अमान्य गतिविधिमार्फत धेरैले आफूलगायत आफ्ना समीपमा रहेका लोटा लिएर पर्खिएकाहरुलाई मात्र आर्थिक हैसियत सुधार्नका लागि दिमाग खेलाएर हैसियत परिवर्तन गरे ।
विगतमा गरिबीले आकास देखिने स्थानमा रातमा तारा चन्द्रमा हेर्दै बिताउनु पर्ने अवस्थालाई विगतका राजाको हैसियतमा परिवर्तन गरिदियो । अनि राजा चिप्लिए पश्चात उन्मत्त भएका दलका नेताको व्यवहारमा कहिल्यै परिवर्तन आएन ।
नेपालमा भगवान् निदाएको बेलामा जन्मिएका धेरै जनताहरु आफू पनि राजा भएर जनतालाई रैतीको रुपमा चलाउने सपना लिएर जिउँदाको परिणाम हिजोको घटनाले प्रमाणित गर्यो । तर राजाले खटाएको मुर्रा भाग्यो।
शुक्रबारको घटनामा देशको सुरक्षामा खटिइरहेका हाम्रा दाजुभाइ घाइृते हुनुपर्यो । एक जना पत्रकारले उन्मत्त मुर्राका समर्थकको पिटाई खाएर मृत्युवरण गर्नुपर्यो । तीनकुनेमा रहेको सर्वसाधारणको घरमा तोड्फोड, आगजनी हुनु, नजिकै रहेका अन्य घरमा पनि तोड्फोड, संचार गृहमाथि हमला हुनु, व्यवसायिक भवनमा भएको लुटपाटले नेपालको खस्कँदो सामाजिक मूल्यमान्यता विश्वसामु प्रस्तुत गरेको छ ।
आन्दोलनको राजा मुख छाड्दै संस्कृतमा चिमा आद्दिक अनि ने भन्दै यस देशको सुरक्षाको लागि खटिएका हाम्रा दाजुभाइलाई गाडीले पेल्न खोज्दैथ्यो । अनि अर्को सञ्चार क्षेत्रमा जागिर खाएको उन्मत्त मुर्राले ६२- ६३ को आन्दोलनमा पनि दलको नियन्त्रणमा भीड थिएन भन्दै उक्साउँदै थियो ।
उसको चेतना पनि भड्काएर फाइदा लिने बाहेक केही देखिएन । उसलाई पनि लाग्दो हो चिप्लिएको । राजा फेरि आए एक भाग खाउँला भन्ने । ६२-६३ मा गिरिजाबाबुहरु थिए, गगन जस्ता विद्यार्थी नेतृत्व थिए । माओवादी हिंड्दा जमीन थर्कन्थ्यो, माओवादी बोल्दा आवाज विष्फोटनको रुपमा सुनिन्थ्यो ।
तिनै माओवादीले विगत झण्डै २० वर्ष आफ्नो परिचयलाई विगतको गरिबी बिर्सिएर सुनखानी उत्खननमा कर्मचारीको भूमिकामा बिताइदिए । हिजोका गरिब, निमुखा, उत्पीडित वर्ग आज पनि परिवर्तनको आशा गरिरहेका छन् । तर विश्वासिलो ठाउँ पाएनन् । ठूलो धोका पाए।
अन्य दल भनाउँदाहरु हिजो पनि उस्तै थिए र आज पनि उस्तै छन् । तिनका बारेमा खासै केही उल्लेख गरौँ जस्तो लाग्दैन । सुशील कोइराला भएको भए ऊ...गर्नुस् भन्थे र ऊ त्यो...पनि भन्थे ।
उनले नै हो हाम्रो देशको नयाँ संविधान संविधान सभाबाट घोषणा गर्ने महान् कार्य गरेको । अन्यको भूमिका सहायक नै रह्यो। आज पनि राजाको खोजीमा रहेका मुर्राहरु, भावी पुस्ताको लागि अन्याय नगरम है ।
आन्दोलनका नाममा पत्रकार मार्ने, व्यक्तिको घरमा क्षति पुर्याउनेका लागि आन्दोलनका नाईके मुर्रा र भगवान् निदाएको बेला झुक्किएर जन्मिएकाहरुलाई ठूलै जेलमा राख्ने व्यवस्था गरे हुन्छ । उन्मत्त मुर्रा राजा शुक्रबार मुख छाडेर भागे ।