तीनकुने घटनाले सबैतिर मन दुखे पनि निर्मल निवासलाई दुखेन - विश्वप्रकाश शर्मा [भिडियो]
विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको थियो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
802
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भए पनि निर्मल निवास नदुखेको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
शर्माले कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए । जनतामा रहेका निराशाहरू लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरू हल गर्दै जानुपर्ने बताए ।
शर्माले विद्युत् कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताए । उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे । उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।
उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो । हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ती गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले समय माग्यो किन ? सभामुखले समय दिनुभयो किन ? प्रधानमन्त्रीले अदालतमा छलफलका क्रममा रहेका विषयमा जवाफ दिनुभयो किन ? तर यसो भन्दै गर्दा पनि आम नागरिकलाई तिमी अदालतको फैसला चाहन्छौँ किन राजा भन्दै गर्दा नागरिकले अदालतको फैसला नै लोकतन्त्रमा सर्वोपरि हुन्छ भन्दै फैसला चाहन्छु भन्छन् ।’