प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गरी स्थगित [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
3.5k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद दीपक बोहोराको निधनप्रति शोक प्रस्ताव पारित गरी संसद स्थगित भएको हो ।
योसँगै चालु हिउँदे अधिवेशनको अन्तिम बैठक शोक प्रस्ताव प्रारित गरेर सकिएको हो । आज राति१२ बजेबाट संसदको हिउँदै अधिवेशन अन्त्य हुँदैछ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।
उनले ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई पराजित गरेका थिए ।
बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलो पटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।
उनी ०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए ।
उनी धेरै पटक मन्त्री बन्ने नेताहरुमा पर्छन् । ०३८ सालमा सहायक मन्त्री बनेका उनी त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री बन्ने क्रममा ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री भएका थिए ।