arrow

थाई उद्योग महासंघसँग सीएनआईले गर्‍यो लगानी प्रवर्द्धन सम्बन्धी समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
cni-fti-2025.jpg

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सीएनआईले जनाएको छ ।
       
समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे ।  “लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायतमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो”, परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
       
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसङ्घका अध्यक्ष अग्रवालले गरे । 

लगानी प्रवद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाइ थियो । 

दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधि सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ