arrow

राष्ट्रिय सहकारी दिवस

सहकारीहरूलाई भड्काएर फाइदा लिन खोज्ने तत्त्वका कारण सरकारबाट छिटो ऐन संशोधन - मन्त्री अधिकारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
balaram-12-20.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रूपले अगाडि बढ्न जरुरी रहेको बताएका छन् । ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताए । 

उनले सहकारी ऐन, ०७४ ले सहकारीका सहकारीका समस्याहरू अटाउन नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाएको स्पष्ट पारे । उनले सरकारले सहकारीहरूको व्यवस्थापनका लागि नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण तथा बचत सुरक्षण कोष आवश्यक रहेको महसुस गरेर ऐन संशोधन गरेको जिकिर गरे । 

उनले भने, ‘सहकारीलाई अगाडि बढाउन र राज्यले बनाएको नीति तीन खम्बाको एक खम्बा हो भन्ने प्रमाणित गराउनको निम्ति तपाई हामी सबै भावनात्मक रूपले अगाडि बढ्न जरुरत छ । हामीले के कुरालाई ग्रहण गर्नुपर्छ भने हिजो ०७४ मा सहकारी ऐन बन्यो । त्यो ऐनमा सहकारीका समग्र समस्याहरूलाई अटाउन सकेनौँ भन्ने कुरा सबैले महसुस गरेको कुरा हो । त्यही कुरालाई मध्यनजर गर्दै अहिले हामीले सहकारीमा देखिएका समस्या समाधान गर्न र सहकारी नियमन प्राधिकरण ल्याउनुपर्‍यो, कर्जा असुलि न्यायाधिकरण ल्याउनुपर्‍यो र बचत सुरक्षण कोष खोल्नुपर्‍यो भनेर आवाज गरेका हौँ । सहकारीमा देखिएका समस्याहरू र सहकारीहरूलाई भड्काएर फाइदा लिन खोज्ने तत्त्वहरूले विभिन्न खाले अभियान चलाएको हुनाले त्यसलाई नियन्त्रण गर्न ऐन बनाउन जरुरी थियो । त्यसका लागि ऐन बनाउने लामो प्रक्रियालाई कुर्ने हो भने सहकारी भाँड्न खोज्ने तत्त्वहरू अझ बढी सलबलाउँछन् भन्ने सोचका साथ अध्यादेशमार्फत विधेयक बनाएर पारित परेको अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ