स्थानीयको अवरोधपछि ठप्प नागढुंगा सुरुङमार्ग अझै खुलेन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
876
Shares
काठमाडौँ । स्थानीयको अवरोध पश्चात निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ ।
स्थानीय बासिन्दाहरुले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन् । पुराना मागहरुको सम्बोधन नभएको भन्दै उनीहरुले चैत ३ गतेदेखि काम अवरूद्ध गरेका हुन् ।
अहिले काठमाडौं र धादिङ दुवै छेउँमा निर्माण रोकिएको छ ।
यो सुरुङमार्गको शिलान्यास २०७६ साल कार्तिक ४ गते भएको थियो । तत्कालीन प्रधानमन्त्री एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङमार्गको शिलान्यास गरेका थिए ।
जापान सरकारको ऋण सहयोगमा सुरुङमार्ग बनिरहेको हो । जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बनिरहेको हो । तर पटक पटकको अवरोधले गति लिन नसक्दा अहिलेसम्म पम्पन्न नभएको हो । जबकि यो आयोजना दुई वर्षअघि २०७९ सालको चैतमै सक्ने लक्ष्य लिइएको थियो ।
जापानी कम्पनी हाज्मा आन्दो जेभीले सम्झौतापछि निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने तयारी गरेको थियो ।