पिकेमा स्ववियुको कार्यसमिति पूरा, उपसभापतिमा चन्द्रकला र सहसचिवमा कविता
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
462
Shares
काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी संगठन स्ववियुको कार्यसमिति पूरा भएको छ । नेपाल विद्यार्थी संघ नेविसंघको स्वतन्त्र समूहले बाजी मारेको उक्त कार्यसमितिमा उपसभापतिमा चन्द्रकला तामाङ र सहसचिवमा कविता गौतम आएका छन् ।
उनीहरुलाई शुक्रबार शपथ दिलाइएको छ । यसपालि पिकेमा स्वतन्त्र समूहले बाजी मारेको हो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पक्षधरको स्वतन्त्र समूहले संस्थापन समूहलाई हराएर पदाधिकारी जितेको हो ।
भुपेश्वरी ऐरको नेतृत्वमा बनेको पिकेमा उपसभापतिमा चन्द्रकला तामाङ, सचिवमा सन्ध्या बस्याल, सहसचिवमा कविता गौतम तथा कोषाध्यक्षमा संकल्पिका थापा निर्वाचित भएका छन् ।
त्यस्तै प्रत्यक्ष सदस्यहरुमा चेतना नहर्की, निशा कार्की, उर्वशी पान्डे, आशु चौधरी, अस्मिता विक, स्वस्तिका बिष्ट, आकृति पान्डे र यान्सु कटुवाल विजयी भएका छन् ।
समानुपातिक सदस्यहरुमा भने संयुक्त आएको छ । नेविसंघबा६ सुपृया निरौला, रोजिना बिष्ट र रिया बस्नेत विजयी भएका छन् । स्वतन्त्रबाट चन्द्रकला र कवितासँगै स्वस्तिका गिरी र सुनिता न्यौपाने विजयी भएका छन् ।
अखिल संयुक्तबाट सुशीला न्यौपाने र सान्भी देउजा तथा अखिल समाजवादीबाट प्रेमिता बानियाँ निर्वाचित भएकी छिन् । सबैको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण भइसकेको छ ।