arrow

राप्रपाले बल्खुमा प्रदर्शन गर्दै, ठाउँठाउँबाट जुलुस, यसरी मिलाइँदैछ ट्राफिक व्यवस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
rpp-raprapa.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । यसका लागि राप्रपाले विरोध सभा गर्नका लागि बल्खु क्षेत्र ठाउँ पाएको छ । यसअघि भृकुटीमण्डपमा ठाउँ खोजेको भए पनि सरकारले सुरक्षा दिन नसकिने जनाएर बल्खु वा सिफल रोज्न भनेको थियो । 

माइतीघर मण्डलादेखि वरिपरि निरन्तर धर्ना कार्यक्रम भइरहँदा राप्रपालाई भृकुटीमण्डपमा स्थान नदिइएको हो । यसअघि गत चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण आन्दोलन गर्ने भनिए पनि उक्त आन्दोलन हिंसात्मक बन्न पुगेपछि त्यसलाईसमेत ध्यानमा राखेर राप्रपालाई अन्यत्र विरोध सभा गर्न भनिएको हो । 

सो अनुसार राप्रपाले बल्खु रोजेको हो । राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध सभा गर्ने तयारी छ गरेको छ । आज कुनै पनि हिंसात्मक घटना नहोस् भनी सुरक्षा सजगता अपनाइएको बताइएको छ । 

कसरी मिलाइँदैछ ट्राफिक व्यवस्थापन
एउटा सानो जुलुस निस्कँदा त ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने काठमाडौँमा राप्रपाले गर्न लागेको विरोधका कारण ट्राफिक व्यवस्थापन मिलाउन सकस नै हुनेछ । किनकि चक्रपथ नै छुने भएपछि त्यसले जनततै असर पार्नेछ । 

तैपनि उपत्यका ट्राफिक महाशाखाले राप्रपाको उक्त विरोध प्रदर्शन अनि निरन्तर हुँदै आएका शिक्षकको धर्ना, चिकित्सकहरुको धर्ना, सहकारी, मिटरव्याजसहित वित्तीय पीडितहरुको धर्नालाईसमेत मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन गरेको जनाएको छ । 

सूचना नै जारी गर्दै महाशाखले यसरी डाइभर्सनको व्यवस्था मिलाएको जनाएको छ –

डाइभर्सन गरिने मुख्य स्थानहरु:-
• खसीबजार –  मकालु -  कलंकी चोक -  बाफल
• बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
•  कीर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरु
• त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :-
 टीयू गेटदेखि चोभार सडक
 सानेपा करिडोर सडक (दुवैतर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँ बसपार्क
• सितापाईला - बाफल सडक खण्डमा एक लाइन ।

महाशाखाले कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ