arrow

सडक निर्माण

चिरिच्याट्ट बन्दै मुग्लिङ-पोखरा राजमार्ग [फोटोफिचर]

आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुससमेत गर्न थाले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
mugling-pokhara-highway-81-.jpg

पोखरा । देशको संघीय राजधानी काठमाडौँ र नेपालका पश्चिमी जिल्लाहरूलाई जोड्ने पर्यटनको राजधानी पोखरा जाने सडक विस्तारसँगै सहज बन्दै गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक स्तरोन्नतिले गति लिँदा सो सडक हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले अहिले सहज महसुससमेत गर्न थालेका छन् । 

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति काम भइरहेको छ । 

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरा सडक विस्तारको कामले अहिले भने गति लिएको छ । सो सडक खण्डको २०।५ किलोमीटर सडक चार लेनको बन्दै छ भने १८.३ किलोमिटर सडक ६ लेनको बन्ने छ । त्यसै गरी यस सडक खण्डमा ४ ठुला र ८ साना गरी जम्मा १२ वटा पुल निर्माण गरिने छ । 

 ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले निर्माण कार्य समयमै नसक्दा अहिलेसम्म २ पटक  म्याद थप गरिएको छ ।

पूर्वी खण्डको भौतिक प्रगति भने एकासी प्रतिशत रहेको सडक विभागले जनाएको छ । त्यसका साथै बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी तीव्र रूपमा काम भइरहेको छ । सो खण्ड अन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमीटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । 

सो सडक खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट वाल लगाएर उठाउने काम भइरहेको छ । 

यो खण्ड अन्तर्गत बन्न पर्ने १७ पुलमा सबै बनिसकेका छन् भने छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ । 

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यस सडक खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । ६ अर्ब २१ करोड ३१ लाखमा यस सडक खण्डको ठेक्का लागेको हो ।  

mugling-pokhara-highway-81-12-30 (17).jpg
mugling-pokhara-highway-81-12-30 (18).jpg
mugling-pokhara-highway-81-12-30 (19).jpg
mugling-pokhara-highway-81-12-30 (20).jpg
mugling-pokhara-highway-81-12-30 (1).jpg
mugling-pokhara-highway-81-12-30 (2).jpg
mugling-pokhara-highway-81-12-30 (3).jpg
mugling-pokhara-highway-81-12-30 (4).jpg
mugling-pokhara-highway-81-12-30 (5).jpg
mugling-pokhara-highway-81-12-30 (6).jpg
mugling-pokhara-highway-81-12-30 (7).jpg
mugling-pokhara-highway-81-12-30 (8).jpg
mugling-pokhara-highway-81-12-30 (9).jpg
mugling-pokhara-highway-81-12-30 (10).jpg
mugling-pokhara-highway-81-12-30 (11).jpg
mugling-pokhara-highway-81-12-30 (12).jpg
mugling-pokhara-highway-81-12-30 (13).jpg
mugling-pokhara-highway-81-12-30 (14).jpg
mugling-pokhara-highway-81-12-30 (15).jpg
mugling-pokhara-highway-81-12-30 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ