arrow

पूर्वराजाले नयाँ वर्षको सन्देशमा दिए चैत १५ को जवाफ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
king-gyanendra-baisak.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतामा देशको भविष्यलाई लिएर भएको जागरुकता सकारात्मक भएको बताएका छन् । 

उनले जुन किसिमको जागरुकता पैदा भएको छ त्यसलाई आफूले सकारात्मक रुपमा लिएको बताएका हुन् । 

नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दै उनले ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो वा नराम्रो जनगुनासो वा गुनगान सुन्ने परम्परा वा संस्कार हुन्छ’ भनेका छन् । 

चैत १५ गते भएको प्रदर्शनबाट उत्पन्न अवस्थाप्रति उनले दुःख जनाएका छन् । उनले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट त्यस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई दुःख लागेको छ । 

उनले नयाँ वर्षको शुरुआतमा उमङ्ग हुने तर अन्त्य भने नराम्रो हुँदै आएको धेरै वर्ष भएको बताउँदै नेताहरुको गतिविधिलाई कटाक्षसमेत गरेका छन् । 

उनले आफ्नो धारणा र आस्था राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको जनाउँदै विचार राखेकै भरमा सरकारले यातना दिनु दुर्भाग्य भएको बताए । 

त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्ने पनि पूर्वराजाले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा भिडियोमार्फत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ